आजबाट देशैभरीका सामुदायिक विद्यालय बन्द, शिक्षकहरु काठमाडौँ केन्द्रित आन्दोलनमा

आजबाट देशैभरीका सामुदायिक विद्यालय बन्द, शिक्षकहरु काठमाडौँ केन्द्रित आन्दोलनमा

केन्द्रबिन्दु
0
Shares

आजदेखी सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ। 

आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक बिद्यालय बन्द हुन लागेको हो।

आफ्ना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। 

‘बुधबार देखी देशैभरीका शिक्षकहरु आन्दोलनमा छौँ, बिहिबार देखी अनिश्चितकालिन बिद्यालय बन्द हुँदैछ,’ उनले भने,‘तर,आन्दोलनको क्रममा जति दिन विद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने काम गरेर क्षतिपुर्ति मिलाउँछौँ।’ उनका अनुसार सरकार आफ्ना मागहरु प्रति गम्भिर नभएपछि बाध्य भएर सडकमा आउनु परेको हो।

Logo