नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले शिक्षकहरू विद्यालय बन्द गरेर सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको बताएका छन्। उनले शिक्षकहरूले उठाएका मागहरू संवेदनशील रहेको भन्दै त्यसबारे सरकारलाई जिम्मेवार बन्न र तुरुन्त समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन्।
‘शिक्षकहरूका मागहरू केही व्यवहारिक, कानुनी र संवैधानिक छन्। दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ। व्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न। यस्ता मागहरू तुरुन्त सम्बोधन गरौँ, ‘कोइरालाले अघि लेखेका छन्,‘कानुनी रूपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरूको भूमिकाको उच्च मूल्याङ्कन गर्दै विधेयकमा आवश्यक प्रावधान समेटौँ र यो आन्दोलन आजै सहमतिमा टुङ्ग्याऔँ।’
शिक्षकहरूको जारी आन्दोलनका सन्दर्भमा शुक्रबार आफ्नो धारणा राख्दै कोइरालाले दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्ने बताएका छन् ।





























प्रतिक्रिया