राष्ट्रिय हितलाई तिलाञ्जली दिएर देशको हित हुँदैनः अध्यक्ष ओली

राष्ट्रिय हितलाई तिलाञ्जली दिएर देशको हित हुँदैनः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अहिलेसम्म कुनैपनि महत्वपूर्ण काम गर्न नसकेको टिप्पणी गरेका छन् । 

आज पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, सच्चा सेवक सदर भएर काम गर्ने प्रवृत्तिले राष्ट्रिय हित हुन नसक्ने भन्दै यो सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाएका हुन् । उनले भने ‘राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, सच्चा सेवक सदर भएर काम गर्ने प्रवृत्तिले राष्ट्रिय हित हुन सक्दैन । सरकार बनेको ९ महिनामा एउटा काम के भयो त, ७४ मा यति समयमा ५०औं नयाँ ऐन बनिसकेका थिए ।’ 

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा भएका काम जससमेत अरुले लिएको टिप्पणी गरे । उनले काठमाडौंमा आफूले गरेका कामको जस समेत अहिलेका मेयरले लिएको आरोप लगाए । ‘राती म टिकटक हेर्दै थिए, हामीले रोपेका विरुवाहरु सरर देखाएर एउटा मेयर मात्रै राम्रो मान्छे पर्यो भने यस्तो हुँदो रहेछ नि त भनेर ठूला ठूला भएको विरुवाहरु देखाएर, बिजुली बजारमा बनाएरको ब्रिज देखाएर, एउटा मात्रै काम गर्ने मान्छे आयो भने यस्तो हुदाँ रहेछ भनेर हामीले रोपेका विरुवाहरु देखाएर, हामीले बनाएको बाटो देखाको छ । प्रचार यसरी हुदाँ रहेछ ।’ उनले भने ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले दिगो विकासका लागि जनशक्ति पलायनलाई रोक्न जरुरी रहेको बताए । उनले भने ‘नेपालमा अहिले बच्चाहरुलाई पढाउने हुर्काउने अनि काम गर्न सक्ने भएपछि बाहिर पठाउने यो कामलाई रोक्नु पर्छ अनि मात्र दिगो विकासको सम्भावना छ ।’ 

Logo