एसियन गेम्स खेल्ने क्रिकेट टोलीलाई क्यानले गर्‍यो बिदाई, सन्दीप आज नजाने

एसियन गेम्स खेल्ने क्रिकेट टोलीलाई क्यानले गर्‍यो बिदाई, सन्दीप आज नजाने

केन्द्रबिन्दु
0
Shares

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई  बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमकाबीच बिदाइ गर्दै नेपाली टोलीलाई शुभकामना दिएकाे हाे। क्यानको नयाँ कार्यसमिति शनिबार मात्रै चयन भएको थियो।

नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ। नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलङ्का वा बङ्गलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ।

यसअघि एसिया कप खेलेको टिमलाई केही परिवर्तन गरी एसियन गेम्सका लागि नयाँ टोली बनाइएको छ। विकेटकिपर विनोद भण्डारी,अलराउण्डर विवेककुमार यादव र फास्ट बलर अविनाश बोहराले टिममा पुनरागमन गरेका छन्।

एसियाडका लागि नेपाली टिममा विनोद र आसिफ दुई विकेटकिपर छन्। कुशल भुर्तेल, रोहित पौडेल र सन्दीप जोरा अनुभवी ब्याटर छन् भने दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र विवेक यादव अलराउण्डर छन्।

सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा फास्ट बलर तथा सन्दीप लामिछाने स्पिनरको भूमिका छन् ।ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन्। अभ्यासका क्रममा उनलाई चोट लागेपछि शल्क्रिया गरिएको छ।

Skip This
Skip This
Logo