भ्रष्टाचार उन्मुलन गर्ने काम अख्तियारको हाेइनः मन्त्री शर्मा

भ्रष्टाचार उन्मुलन गर्ने काम अख्तियारको हाेइनः मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम भ्रष्टाचार उन्मुलन गरिदिने नभएको बताएकी छन् ।  

आइतबार संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री शर्माले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन निर्माण गर्न आवश्यक रहेको बताएकी हुन् । उनले भनिन्, ‘अख्तियारले नै भ्रष्टाचार उन्मुलन गरिदिन्छ भन्ने हैन । उसले भ्रष्टाचारका कारणहरू खोजी गर्ने हो । सिफारिस गर्ने हो । कानुन राम्रो र बाध्यकारी भयो भने धेरै कुरा नियन्त्रण हुन्छ  ।’ 

आयोगले भ्रष्टाचारका काण्डहरू खोजी दिने, कारबाहीका लागि सरकारलाई सिफारिस गरिदिने उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने काम सरकारकै भएको मन्त्री शर्माको भनाई छ ।  

Logo