उच्चस्तरीय छानविन आयोग बनाउन जति ढिला हुन्छ, सरकारप्रति त्यति नै प्रश्न उठ्छः एमाले

उच्चस्तरीय छानविन आयोग बनाउन जति ढिला हुन्छ, सरकारप्रति त्यति नै प्रश्न उठ्छः एमाले

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले उच्चस्तरीय छानविन आयोग बनाउन जति ढिला गर्छ सरकारप्रति त्यति नै प्रश्न उठ्ने चेतावनी दिएका छन् । 

आइतबार बसेको सर्वदलीय बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै सचेतक बर्तौलाले सत्तारुढ दलको छलफल केही सकारात्मक भएको र आफुहरुले राखेको कुराहरु पनि सुशासनको पक्षमा रहेको बताएका हुन् । 
 
उनले भने, आजको छलफल केही सकारात्मक भएको छ । आज बेलुकासम्म आयोग घोषणा हुने गरी कार्य प्रारम्भ गर्न सकिने आधार बन्ने गरि हामीले भने अनुसार पर्दा पछाडिको पात्रहरुको पहिचान गरी तिनलाई कारवाहीको तहमा ल्याउन सकेन । आयाेगले काम गर्न सक्ने गरी अधिकार प्रदान गर्ने भनेका छौं । हामीले सरकारलाई भनेका छौं जति ढिलो गर्नुहुन्छ सरकारप्रति प्रश्न उठ्दै जान्छ ।’ 

सत्तारुढ दलले तयार गरेको मस्यौदा अध्ययनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दिइएको छ । एमालेका नेताहरूले उक्त मस्यौदा अध्ययनपछि अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर फेरि सर्वदलीय बैठकमा सहभागी हुनेछन् ।  

गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा सत्यतथ्य छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १ महिनासम्म संसद अवरोध गरेको थियो । एमालेले निरन्तर सदन अवरुद्ध गरेपछि गत भदौ ७ गते सरकार र एमालेबीच असोज ५ गते उच्चस्तरीय आयोग बनाउने सहमति भएपछि सदनको अवरोध खुलेको थियो ।

Logo