नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन उचित नभएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा सभापति देउवाले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको भन्दै त्यसो गर्नु उचित नभएको बताएका हुन् । उनले जनताले जाति भन्दा पनि देशलाई सहयोग गरिरहेको र मानिसहरुले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्नु पर्ने बताए ।
पार्टीले धेरै कुरा गर्न नसकेको भएपनि मुस्लिम धर्मावलम्वीहरुका लागि समानुपातिक समावेशी हिसाबले आरक्षण गर्ने सभापति देउवाले बताए ।































प्रतिक्रिया