दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छः चिनियाँ प्रधानमन्त्री छ्याङ

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छः चिनियाँ प्रधानमन्त्री छ्याङ

केन्द्रबिन्दु
0
Shares

चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन्। 

हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन्। प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताए।

चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङले बताए।  उनले प्रधानमन्त्री दाहालले चीन-नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्याउएको उल्लेख गरे।

प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेको थियो।  हाल बेइजिङस्थित ग्रेट हल अफ दि पिपस कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ । 

Logo