राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजाअर्चना

राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजाअर्चना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम पुगेर राम जानकी मन्दिरमा पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेल मन्दिर दर्शन गर्न आज तनहुँबाट जनकपुरधाम पुगेका हुन्।

सो अवसरमा महन्त राम तपेश्वर दासले मायाको चिनोस्वरूप जानकी मन्दिर अंकित तस्बिर दिए। राष्ट्रपति पौडेललाई मधेशका मुख्यमन्त्री रामसरोज यादव, जनकपुरधामका मेयर मनोज साह, काँग्रेस नेता विमलेन्द्र निधीलगायतले स्वागत गरेका थिए।

नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी मन्दिर दर्शनमा आउने राष्ट्रपति पौडेलको यसअघिको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै उनी आज जनकपुर पुगेका हुन्। उनले आजै जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम तय छ।

पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरेको छ । सोमबार दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ ।

Logo