अनेरास्ववियु आर क्याम्पस कमिटीले आयोजना गरेको‘अखिल फुटसल कप २०८०’ सोमबारबाट सुरु भएको छ। कमिटीले अन्तर क्याम्पस खुल्ला पुरुष फुटसल प्रतियोगिता सोमबार बिहानबाट सुरु गरेको हो।
खेलको उद्घाटन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले गरेका छन्। वर्षेनि हजारौं संख्यामा विद्यार्थीहरुका समस्याका विषयमा राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गर्नमा सहयोग पुर्याउने उद्देश्यले फुटसल सञ्चालन गरिएकाे अनेरास्ववियुले जनाएको छ।
प्रतियोगिता अन्तर्गत पहिलो खेल नेपाल कर्मश क्याम्पस मिनभवन र केएमसी बागबजारबीच भइरहेको छ। प्रतियोगितामा १६ समूहकाे सहभागिता रहेकाे छ।
कमिटीले उक्त फुटसल प्रतियोगिता विजेतालाई १ लाख ११ हजार एक सय एघार रुपैयाँ र उपविजेतालाई पुरस्कार ५५ हजार ५५५ रुपैयाँको व्यवस्था गरेको जनाएको छ। साथमा सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट विधाका खेलाडीहरुलाई ट्रफिको व्यवस्था गरिएको छ।




































प्रतिक्रिया