मार्सेलीमाथि पीएसजीको सहज जित

मार्सेलीमाथि पीएसजीको सहज जित

केन्द्रबिन्दु
0
Shares

केलियन एमबाप्पेले चोट बोकेको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वान फुटबलमा सहज जित निकालेको छ। 

आइतबार राति घरेलु मैदानमा पीएसजीले मार्सेलीमाथि ४-० को जित निकालेको हो। एमबाप्पेले घुँडामा चोट बोकेका छन्। चोटका कारण अक्टोबर ४ मा च्याम्पियन्स लिगमा न्युक्यासलविरुद्ध खेलमा उनी उत्रने सम्भावना कमजोर बनेको छ।पीएसजीको जितमा आर्चफ हाकिमी र रान्डल कोलो मुआनीले एक एक तथा गोन्कालो रामोसले दुई गोल गरेका थिए।

जित सहित पीएसजी लिग वानमा शीर्ष स्थानको ब्रेस्ट भन्दा दुई अंकले पछि परेको छ।  लुइस एनरिकेको टिमले लिग वानको अघिल्लो खेलमा घरमै नाइससँग ३-२ ले पराजित बनेको थियो। पीएसजीसँग हारेका मार्सेली ९ अंक सहित तालिकाको सातौं स्थानमा छ। 

Logo