नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
सोमबार नेकपा (एमाले) बागमती प्रदेश प्रथम अधिवेशनमा अध्यक्ष ओलीले समस्या बल्झाएर कोही सफल नुहने भन्दै हिंसामा लागेर उत्पात मचाइरहेको माओवादीलाई वार्ताको माध्यमबाट शान्ति प्रकृयामा ल्याएको सम्झिए ।
उनले भने, 'एकजनाले जोसँग सम्बन्धित विषय हो तिनका नेताहरुसँग वार्ता गर्नुपर्ने भन्ने अभिव्यक्ति दिइरहेका छन् । तिनका नेता खोज्दै जानु पर्ने, वार्ता गर्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । द्वन्द्वले र घमण्डले मान्छेलाई बिगार्छ । समस्या बल्झाएर कोही सफल हुँदैन । हामीले हिंसामा लागेर उतपात मचाईरहेको माओवादीलाई वार्ताको माध्यमबाट शान्ति प्रकृयामा ल्यायौं । विप्लव समूह यसरी नै हिंसामा लागेको थियो । उसलाई पनि शान्तिमा ल्यायौं ।'
अध्यक्ष ओलीले महानगरले जनतामाथि गरेको ज्यादतीलाई नियन्त्रण गर्नुपर्न र साना साना व्यवसायीलाई आफ्नो काम गर्न दिनुपर्ने बताए ।































प्रतिक्रिया