नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पटकपटक कोशी प्रदेश सरकारमा अस्थिरता दोहोरिएकोले अब नयाँ समीकरण बनाएर स्थिरता दिनुपर्ने बताएका छन् ।
जारी कांग्रेस केन्द्रीय समिति बैठकमा नेता पराजुलीले सरकारको स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गर्नुपर्ने बताएका हुन् । राप्रपासँग तालमेल नगरी अघि बढ्दा पटकपटक समस्या आएका बताएका उनले भने ‘कोशी प्रदेशमा सरकारको स्थिरता खोज्ने हो भने राप्रपासँग निर्णायक वार्ताअघि बढाएर नयाँ समीकरण निर्माण गर्नुपर्दछ ।’
उनले वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने पनि बताए ।
फरक प्रसंगमा नेता पराजुलीले सरकारले महँगी नियन्त्रण गर्न नसकेको बताए । उनले देशमा भ्रष्ट्राचार र अनियमितता विकरालमा पुग्दा पनि कांग्रेस मौन बसेकोमा गुनासाे राखे।





























प्रतिक्रिया