काठमाडौँमा आन्दोलनरत राहतका शिक्षकहरूसँग आज नेपाली काँग्रेसले वार्ता गर्ने भएको छ।
सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोधमा सडकमा उत्रिएका नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमति प्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत राहत शिक्षकहरूसँग काँग्रेसले वार्ता गर्न लागेको हो।
विधेयकविरुद्ध गत असोज ३ गतेदेखि आन्दोलन गर्दै आएका शिक्षक महासङ्घको नेतृत्व र सरकारबीच असोज ५ गते सहमति भएको थियो।
सहमतिसँगै शिक्षक महासंघले आन्दोलन स्थगित गरेका थिए। तर उक्त सहमतिमा असन्तुष्ट जनाउँदै राहतका शिक्षकहरूले भने काठमाडौँमा आन्दोलनलाई निरन्तरता दिँदै आएका छन्। वार्ताका लागि काँग्रेसले शिक्षकहरूलाई सानेपास्थित केन्द्रिय कार्यालयमा बोलाएको छ।





























प्रतिक्रिया