रास्वपाले बोलायो बुधबार केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक

रास्वपाले बोलायो बुधबार केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आह्वान गरेको छ। बैठक बुधबार अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो।

बैठकमा संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरूको रिपोर्टबारे छलफल हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ६७० जनाको बाँकी जेल सजाय छुट दिने निर्णय गरेका थिए। यसैगरी जनताको आवाज सुन्न भन्दै १९ जिल्लामा खटिएका नेताहरूको ब्रिफिङबारे पनि छलफल हुने छ। रास्वपाले ३ असोजदेखि ७ असोजसम्म १९ नेतालाई १९ जिल्लामा खटाएको थियो।

Logo