नेकपा एमाले बागमती प्रदेशको पहिलो अधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो।
बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिनेछ। त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने पार्टीले जनाएको छ।
अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन्। सर्वसम्मत हुन नसके एकल प्रतिस्पर्धामा उनले जोड दिएका हुन्। एमाले वाग्मती अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।





























प्रतिक्रिया