सन्दीप लामिछाने चीन प्रस्थान

सन्दीप लामिछाने चीन प्रस्थान

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड)का लागि चीन प्रस्थान गरेका छन् । मंगलबार अपरान्हको उडानमा उनी चीन गएका हुन् । 

उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने बताएका थिए । क्रिकेट संघका पदाधिकारीहरुसँग थप छलफलपछि उनी मंगलबार चीनतर्फ जान तयार भएका थिए । एसियाडका लागि नेपाली टोली आइतबार नै चीन गए पनि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएको थियो ।

सन्दीपसँगै सागर ढकाल पनि चीन प्रस्थान गरेका छन् । स्पिनर ललित नारायण राजवंशी टियु क्रिकेट मैदानमा अभ्यास खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएपछि उनको स्थानमा ढकाल चीन गएका हुन् । भिसा समस्याको कारण सागर पनि टोलीसँग जान पाएका थिएनन् ।

समूह ए मा रहेको नेपालले पहिलो खेल मंगोलियासँग बुधबार र आइतबार माल्दिभ्ससँग खेल्नेछ । क्वाटरफाइनलमा बंगलादेश, भारत, अफगानिस्तान, पाकिस्तान र श्रीलंका छन् । नेपालले एसियाली क्रिकेटमा पदक जित्ने अपेक्षा राखेको छ ।

Skip This
Skip This
Logo