डा. दासलाई राष्ट्रका तर्फबाट उच्च सम्मान हुनेछः मन्त्री आचार्य

डा. दासलाई राष्ट्रका तर्फबाट उच्च सम्मान हुनेछः मन्त्री आचार्य

केन्द्रबिन्दु
0
Shares

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले डा.गौरीशङ्कर लालदासलाई राष्ट्रका तर्फबाट उच्च सम्मान, मासिक वृत्ति तथा सम्मानजनक जीवनयापनका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित दिव्य शताब्दीपुरुष डा.गौरीशङ्कर लाल दास जन्मशताब्दी वर्ष २०८० अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले डा. दासले नेपाली समाजका विविध आयाममा योगदान गरेको भन्दै उनको सम्मानजनक जीवनयापनका लागि मन्त्रालय र सरकारको तर्फबाट पहल भइरहेको बताए । 

उनले भने, ‘डा. गौरीशङ्कर लालदासले आफ्नो योगदानबाट नेपाली समाजका विविध आयाममा योगदान गर्नुभएको छ । उहाँलाई राष्ट्रका तर्फबाट उच्च सम्मान, मासिक वृद्धिदर तथा उहाँको सम्मानजनक जीवनयापनका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने व्यहोरा जानकारी गराउन चाहन्छु । यसका लागि मन्त्रिपरिषद्बाट गरिने निर्णयका लागि आवश्यक प्रक्रिया मेरो मन्त्रालयबाट अगाडि बढिसकेको छ ।’

यस्तै, मन्त्री आचार्यले विगतमा सरकारले राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरु माधव घिमिरे र सत्यमोहन जोशीलाई सम्मान गरेको भन्दै डा.लालदासलाई पनि राज्यबाट सम्मान प्रदान गर्ने प्रतिबद्धता जनाए ।

उनले डा. गौरीशङ्करको जन्मको अवसरमा आयोजित कार्यक्रमहरुमा सहकार्य गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए । 

Logo