नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन्। दीपेन्द्रले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेलमा ९ बलमै अर्धशतक प्रहार गरेका हुन्।
दीपेन्द्रले १९ औँ ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हानेका थिए। २० औँ ओभरको दोस्रो बलमा पनि छक्का हान्दै ६ बलमा ६ छक्का हानेका थिए।
यसअघि टि२० आईमा सर्वाधिक छिटो अर्धशतक भारतीय ब्याटर युवराज सिंहले २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक पूरा गरेका थिए।
नेपालबाट भने यसअघि ज्ञानेन्द्र मल्लले १८ बलमा अर्धशतक प्रहार गरेका थिए। ज्ञानेन्द्रले २०१२ मा साउदी अरेवियाविरुद्ध एसिसी इलिट ट्रफीमा मात्रै १८ बलमा अर्धशतक पूरा गरेका थिए।































प्रतिक्रिया