नेपाल क्रिकेट संघ (क्यान)ले टी ट्वान्टी विश्वकपको तयारी स्वरुप त्रिदेशीय क्रिकेट सिरिज आयोजना गर्ने निर्णय गरेको छ।
क्यानको मंगलबार बसेको कार्यसमिति बैठकले पुरुष टी ट्वान्टी विश्वकपको एसिया छनोटको तयारी स्वरुप अक्टोबर १७ देखि २६ सम्म टी ट्वान्टी सिरिज आयोजना गर्ने निर्णय गरेको हो।
क्यानले त्रिदेशीय सिरिजमा नेपाल सहित हङकङ र युएईलाई समावेश गर्ने निर्णय गरेको छ। सिरिज काठमाडौँमा आयोजना गर्ने भनिएको छ। नेपालले टी ट्वान्टी विश्वकपको छनोट खेल्दैछ। सोही छनोटको तयारी स्वरुप क्यानले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।





























प्रतिक्रिया