राहत शिक्षकहरुको प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप

राहत शिक्षकहरुको प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप

केन्द्रबिन्दु
0
Shares

विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनमा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको छ । निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको छ । 

शिक्षकहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न लागे पछि प्रहरीले हस्तक्षेप गरेको हो । 

एक सातादेखि आफ्नो माग पूरा गराउने अडान राख्दै राहत शिक्षकहरु आन्दोलनमा छन् । ३ गते बुधबारदेखि शिक्षक महासंघले आन्दोलन सुरु गरेको थियो । तर  महासंघ र सरकारबीच ५ गते ७ बुँदे सहमति भयो । महासंघले सरकारसंग गरेको सहमतिमा असन्तुस्ट जनाउँदै राहत शिक्षकहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । उनीहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । 

बुधबार शिक्षकहरुले माइतीघर-नयाँ बानेश्वर सडकको मुख्य लेनबाटै प्रदर्शन गरेका कारण सो सडक भएर चल्ने गाडीहरु बन्द भएका थिए, जसले गर्दा नयाँ बानेश्वर र माइतीघर, थापाथली क्षेत्रमा जाम बढेको छ ।

Logo