- तिल शर्मा पौडेल
दोहा कतार
कोभिड १९ का कारण विदेशमा अलपत्र परेका आफ्ना नागरिकहरूलाई नेपाल प्रवेशमा सघाउने नेपाल सरकारको निर्णय बमोजिम राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सको आरए २३९२ ले कतारबाट चौथौँ सहजीकरण उडान गरेको छ । गए राति कतारबाट ३२ महिला र ११६ पुरुष सहित १४८ जनाले उडान भरेको नेपाली राजदूतावासका श्रम सहचारी अनुज गौतमले जानकारी दिए ।
उक्त फ्लाइटमा लामो समयदेखि क्यान्सरसँग लडिरहेका बागलुङ निवासी प्रकाश गुरुङको शव पनि ल्याइएको छ । गुरुङको गत मङ्गलबार उपचारको क्रममा निधन भएको थियो । कतारबाट नेपाल एयरलाइन्सको यो दोस्रो उडान हो । उक्त उडानका यात्रीहरूलाई बिदाइ तथा शुभयात्राको कामना गर्न राजदूतावासका तर्फबाट गौतमका अलवा नियोगका गैरआवासीय नेपाली सङ्घ आइसिसी सदस्य रमेश भट्ट, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल लगायतका व्यक्तिहरु एयरपोर्ट पुगेका थिए।

कतार एयरवेजले राजीनामा दिएका तथा कटौतीमा परेर विगत केही महिनादेखि काम विहीन भएका एयरवेजमा कार्यरत १४७ जना नेपाली कामदारलाई गत शुक्रवार काठमाडौं ओराली सकेको छ । यस अघि कतार एयरलाइन्समार्फत ४३ जना आममाफी पाएका नागरिक र २० नेपालीको शव गई सकेको छ। पहिलो चार्टर उडान मार्फत १४९, दोस्रोमा १४५ , तेस्रोमा १५६ नेपाल गई सकेका छन् ।































प्रतिक्रिया