नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ। केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो।
व्यवसायीको आग्रह अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो।
सोहीअनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको छ। यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको थियो ।





























प्रतिक्रिया