एमाले बागमती अधिवेशनः अझै सहमतिको प्रयास, शुक्रबारलाई सारियो मतदान

एमाले बागमती अधिवेशनः अझै सहमतिको प्रयास, शुक्रबारलाई सारियो मतदान

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ । 

भोलि बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । अझै सहमतिको प्रयास जारी भएको भन्ने आग्रहका आधारमा भोलिसम्मको लागि मतदानको कार्यक्रम स्थगित गरेको उनले बताए । 

अहिले सहमतिको प्रयास जारी भएकाले आज ९ बजे अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । भोलि विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । अध्यक्षमा उम्मेदवारी दिएका कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल अझै आफ्नो अडानबाट पछि नहटेपछि सहमतिको प्रयास सफल नभएको बताइएको छ । 

निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठका अनुसार कूल दुई सय ४० पदका लागि प्राप्त पाँच सय ४८ उम्मेदवारमध्ये सहमतिका आधारमा हालसम्म करिब तीन सयले उम्मेदवारी फिर्ता लिइसकेका छन् । फिर्ता लिने प्रक्रिया सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी विद्युतीय मतदान मेसिनका उम्मेदवारको विवरण प्रविष्ट गरेपछि निर्वाचनकाे प्रक्रिया सुरु हुने छ ।

Skip This
Skip This
Logo