प्रसिद्ध सप्तरीको छिन्नमस्ता मन्दिरमा आज साँझदेखि महागङ्गा आरती सुरु हुने भएको छ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ मा रहेको मन्दिरको मूलगेट अगाडि महाआरती सुरु हुने मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए। प्रत्येक दिन गर्ने गरी महागङ्गा आरती सुरु गर्न लागिएको उनले बताए।
महाआरतीमा दैनिक पाँच जना संलग्न हुनेछन्। उनीहरूलाई भारतको बनारस र कुशेश्वर स्थानबाट आरतीसम्बन्धी विशेष तालिम दिइएको पीठाधीश ठाकुरले बताए।
उनका अनुसार देशको अन्य ठाउँभन्दा विशेष तरिकाले यहाँ गङ्गा आरती सुरु गरिने छ। छिन्नमस्ता मन्दिरमा दसैँको बेला ठूलो मेला लग्ने गर्छ।































प्रतिक्रिया