नबिल ब्यालेन्स्ड फण्ड २ को प्रतिफल घोषणा, कति पाउलान् लगानीकर्ताले ?

नबिल ब्यालेन्स्ड फण्ड २ को प्रतिफल घोषणा, कति पाउलान् लगानीकर्ताले ?

केन्द्रबिन्दु
0
Shares

नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड–२ (एनबीएफ२) नामक सामूहिक लगानी योजना अन्तर्गतको म्युचुअल फण्डका इकाई धनीहरुलाई ९.६ प्रतिशत प्रतिफल दिने भएको छ । 

फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकले करसहित सो दरमा प्रतिफल वितरण गर्ने घोषणा गरेको हाे । फण्डको आकार १ अर्ब १२ करोड रुपैयाँ रहेको छ।  

प्रतिफल वितरण प्रयोजनार्थ फण्डले असोज २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् । यस अनुसार फण्डले १० करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको प्रतिफल वितरण गर्नेछ। 

Logo