आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८०असाेज १३ गते शनिबार। ३० सेप्टेमबर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज यात्रामा मालसामान हराउने र मनमा निराशा आउला। प्रेममा मनमुटाव पनि आउन सक्छ, तर साँझमा यात्राको योजना बन्नेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन्। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज गरेको कार्यमा सफलता मिल्नेछ। शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज मनमा शान्ति छाउनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। नयाँ कामको थालनी पनि हुनेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
साना तिना समस्यामा अल्झनुपर्नेछ। स्वास्थ्यमा समस्या आउला।अनावश्यक धन खर्च हुनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज विद्या र बुद्धिको विकास हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज विशिष्ट व्यक्तिको साथ पाइनेछ। दाम,इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्नेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। परिवारमा सुख सन्तोष छाउला। नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
मनमा दुबिधा उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। आर्थिक कारोबारमा मन्दी आउनेछ, आफन्तबाट सहयोग चैं मिल्ला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। मनमा सहयोग भाव आउला। प्रेम सम्बन्ध कसिलो हुनेछ। रमणीय र सुखद् यात्राको योग छ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज सुखदुःख बराबरी मध्यम खालको दिन छ। ठुलो कारोबारमा लगानी नगर्नु। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज लाभदायक यात्रा रहला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ।

Skip This
Skip This
Logo