पब्जी एसियाडमा नेपाल सेमिफाइनलमै रोकियो

पब्जी एसियाडमा नेपाल सेमिफाइनलमै रोकियो

केन्द्रबिन्दु
0
Shares

एसियन गेम्समा पदकको आश गरिको इ स्पोर्ट्सको एलिटको रुपमा रहेको पब्जी मोबाइलमा नेपालले हार ब्यहोरेको छ। समूह सीको उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको नेपाली टिमले फाइनल चरण पार गर्न सकेन।

समूह एको सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै नेपाल फाइनल चरण पुग्न बञ्चित बन्यो। नेपालले तेस्रो स्थानमा रहेको छ। समूह एको चार टोलीमा जापान अन्तिम स्थानमा रह्यो।

नेपालले ५४ मिनेट ३३ दशमलव ३४६ सेकेन्डको समय निकाल्यो। नेपाल भन्दा अघि रहेको ताइपेले ५२ मिनेट १९ दशमलव ३९३ सेकेन्ड र शीर्ष स्थानको कोरियाले ५० मिनेट ३७ दशमलव १५१ सेकेन्डको समय निकाल्यो।

चौथों स्थानमा रहेको जापानले ५४ मिनेट ४२ दशमलव ५३१ सेकेन्डको समय निकालेको थियो। इ स्पोर्ट्समा पदक जित्ने आश सहित चीन पुगेको नेपालले अन्तिम विधाको रुपमा डोटामा शनिबार प्रतिस्पर्धा गर्नेछ।

Logo