तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
0
Shares

२०८० असोज १३ देखि असोज २० सम्म ।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन् । वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ । हामी ग्रहस्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ । तर, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुने छ । हामीले दिएको उपाय अपनाउनु भो भने यो साता तपाईंको लागि एकदम राम्रो बित्ने छ । 

नयाँ सम्पत्ति किन्नको लागि बिहीबार र शुक्रबार सुभसाइत छ । आजबाट शोर्हश्राद शुरु भएकाे छ । यो १६ दिन आफ्नो पितृ तथा पुर्बजहरुलाई नियमित जल चढाउनुस् र तिथि अनुसार श्राद गर्नुस् । यो बर्षभरको लागि विशेष उपाय हो ।

प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल-

मेष राशि
यो साता भाग्य बलवान देखिने छ, आइतबार र सोमबार राम्रो रहने छ । सफलता हात पार्नु हुनेछ । साताको अन्त्यमा परिस्थितिहरू गाह्रो हुनेछ, तर तपाईंले त्यो समय राम्रोसँग ह्यान्डल गर्नुहुनेछ । दाजुभाइबीच चलिरहेको विवादको अन्त्य हुनेछ।  मंगलबार र बुधबार समय मिश्रित फलदायी रहनेछ । मानसिक रुपमा अपार आनन्द प्राप्त गर्नुहुनेछ । तपाईंको जीवनमा नयाँ उर्जा आउनेछ। हरेक कुरामा दोब्बर लाभ मिल्नेछ। अरुप्रति आफ्नो विचार शुद्ध राख्नु होला, झुट नबोल्नु होला । घरपरिवारमा सम्बन्ध राम्रो रहने छ । धार्मिक कार्यमा व्यस्त रहन सकिनेछ । तपाईं आफैंमा आफ्नो काममा पूर्णरुपमा ध्यान दिने गर्नुस् । अरुको काममा हात नहाल्नुस्, विवादबाट बच्नुस् ।

उपाय- नजिकैको हनुमान मन्दिरमा दर्शन गर्नुस्, साता राम्रोसँग बित्ने छ ।

बृष राशि
यो साताको  सुरुवात खराब छ । आइतबार र सोमबार अनावश्यक खर्च र बढ्दो खर्चले समस्यामा पर्नुहुनेछ । आर्थिक बजेट अलमल हुनेछ । मंगलबारबाट समय राम्रो छ मानसिक शान्ति मिल्ने छ । अरुले भनेको कुरा सुनेर लागू गर्नुहोला । त्यसले तपाईंलाइ राम्रो हुने छ । मंगलबार पछिको लगानी तपाईंको लागि धेरै लाभदायक साबित हुन सक्छ।  स्वास्थ्यको पूर्ण ख्याल राख्नुहोला । बिहीबारदेखि तपाईंको  महत्वपूर्ण काम हुने छ । दाजुभाइ वा दिदीबहिनीबाट कुनै कुरामा सल्लाह वा परामर्श लिनु होला, फाइदा हुनेछ । केही महत्वपूर्ण व्यक्तिहरुसँग सम्बन्ध सुमधुर बन्नेछ।  गोपनीयताको ख्याल राख्नुहोस्, बोल्दा एकदम ध्यान पुराउनुहोस्, फ्याट्ट नबोल्नुहोला ।

उपाय- प्रत्येक दिन गाईलाई रोटी तथा चारो खुवाउनुहोस् ।

मिथुन राशि
यो साता तपाईंको आम्दानी राम्रो रहनेछ, खुशी रहनु हुनेछ ।  गुरुको आशीर्वादले हरेक काममा लाभ मिल्नेछ। आर्थिक अवस्था मजबुत हुनेछ । कतैबाट शुभ समाचार प्राप्त हुनेछ । मंगलबार र बुधबार अलिकति चिन्ताको स्थिति रहनेछ । आमाको स्वास्थ्यमा सम्स्या आउनसक्छ, तपाईंको स्वास्थ्यमा पनि समस्या देखिनसक्छ खानपिनमा ध्यान दिनु होला ।  जीवनसाथीसँग मनमुटाव हुनसक्छ । यस समयमा तपाईंका आफ्नै मानिसहरूले तपाईंलाई फसाउन सक्छन्, ध्यान दिनुहोला, त्यसैले सचेत र सजग रहनुहोस् । बिहिबार पछि सबै काममा सफलता मिल्नेछ । परिवारका सबै सदस्यहरू सँगै बसी भोज तथा पार्टीको वातावरण मिल्ने छ । धार्मिक  कार्यमा व्यस्त रहन सकिनेछ ।

उपाय- पितृको सेवा गर्नुस् । वृदाआश्रममा कपडा दान गर्नुस् ।

कर्कट राशि
तपाईंकाे यो साता एकदम राम्रोसँग बित्नेछ । मान प्रतिष्ठा बढ्ने छ । ख्याति मिल्नेछ र गरेको कामको सुखद परिणाम मिल्नेछ तर बोलिमा नियन्त्रण राख्नुस् । तपाईं शीर्षमा पुग्ने तीव्र इच्छा हुनेछ त्यसकाे लागि योजना बनाएर काम गर्ने बेला आएको छ तर मंगलबार र बुधबार नयाँ ठाउँमा यात्रा हुने छ । नयाँ मान्छेसँग भेटघाट हुनेछ ।  जिम्मेवारी स्वीकार मात्रै नगर्नुस्, त्यसलाई पूरा गर्न लाग्नुस्, सफलता मिल्ने छ । शुक्रबार र शनिबार साताको अन्त्यतिर आलस्यपन बढ्ने छ, कुनै काम गर्न मन लाग्दैन, आफूलाई उर्जावान् राख्नुस । जीवनसाथीसँग मतभेद हुनेछ मायाले कुरा गर्नुस् । स्वास्थ्य कमजोर रहनेछ । कुनै पनि काम समयमै र सहि तरिकाले नहुनाले निराशा आउने छ ।

उपाय – ॐ नम शिबायको निरन्तर मन्त्र जप गर्नुस् । बटुवाहरुलाई पानीको ब्यबस्था गर्नुस् ।

सिंह राशि
यो साता तपाईंका लागि एकदम उत्तम समय रहने छ । आइतबारदेखि सबै काम समयमै सम्पन्न हुनेछन् । तपाईंको नया घरसँग सम्बन्धित काम सुरु हुनसक्छ ।  ऊर्जा, उत्साह र मनोरञ्जन सबै सँगै हुनेछ । लामो समयदेखि दबाएको कुनै पनि इच्छा पूरा हुन सक्छ। ख्याति र प्रतिष्ठा प्राप्त हुनेछ । तपाईंमा केहि नयाँ गर्ने सोच आउने छ । सम्पत्तिको विषय महत्वपूर्ण रहनेछ । नयाँ गहना खरिद गर्न सक्नु हुनेछ ।  खर्चमा केही नियन्त्रण राख्नुहोला । धेरै यात्रा तथा हिँडडुल नगर्नु होला । आफ्नो काम बाहेक अरु काममा ध्यान नदिनु होला । समय राम्रो छ आफैलाई मात्र समय दिनुस् । झुट नबोल्नुस्  । आर्थिक तथा घरेलु समस्या समाधान हुनेछन् ।

उपायः ॐ घृणि सुर्याय नम मन्त्रको दैनिक बिहान ५१ पटक जप गर्नुस् सबै पोजेटिभ हुँदै जान्छ । आइतबार सूर्यलाई जल चढाउनुस् ।

कन्या राशि
साताको  सुरुवात राम्रो रहने छैन । आइतबार र सोमबार नाजुक अवस्था आउनेछ मनमा चिन्ता नलिई आफ्नो काममा ध्यान दिनुस् । आफ्नो स्वास्थ्य हेरचाह महत्त्वपूर्ण हुनेछ ।  घरमा कामदार नहुँदा गृहिणीहरुलाई समस्या पर्न सक्छ ।  बुधबार पछि   समय तपाईंको पक्षमा जानेछ । तपाईं आफ्नो इच्छा पूरा गर्न जोखिम लिन सक्नुहुन्छ तर मेहनत गर्न नछाेड्नुस् । काममा सफलता मिल्नेछ । शुरुमा अफिसका साथिभाइबाट सहयोग नमिल्न सक्छ तर साताको मध्यममा आएर हाकिमहरुबाट सहयोग मिल्ने छ । वैदेशिक व्यापार, आयात-निर्यात आदि कार्यमा व्यस्त रहनु हुनेछ।  सामाजिक र मैत्रीपूर्ण व्यवहार अपनाउनुहोस्। काममा सफलता मिल्नेछ ।  यात्रा गर्न सकिन्छ।

उपाय- गरिबहरुलाई भोजन दान गर्नुस् । कन्याहरुलाई उपहार दिनुस् ।

तुला राशि 
यो साता तपाईंको राम्रो बित्ने छ । आइतबारदेखि प्रगतिको बाटोमा अगाडि बढ्नुहुनेछ ।  प्रतिद्वन्द्वीहरूमाथि प्रभुत्व जमाउन सफल हुनुहुनेछ र राम्रो लाभ हुनेछ।  नकारात्मक विचार त्यागेर सकारात्मक कुरा र पक्ष लिएर अगाडि बढ्नुहाेस् । विशेष व्यक्तिसँग भेटघाट हुनेछ। तपाईं अलिक स्वार्थी भएर रहनुस् । साथिभाइको जमानी नबस्नुस्, फस्न सक्नुहुने छ । यो साता कसैलाइ पैसा सापटी नदिनुस् फिर्ता आउने छैन । तपाईंले एकैसाथ धेरै कामहरुको  सामना गर्नुपर्ने हुनसक्छ र यो तपाईंको लागि राम्रो हुनेछ। तपाईंले पहिलेभन्दा धेरै स्वतन्त्र महसुस गर्नुहुनेछ । तपाईंको सोच राम्रो हुनेछ र यसको नतिजा पनि राम्रो हुनेछ। पुराना कामहरु सबै बन्दै जानेछन्, यो साता थकान‍ महसुस हुने छ स्वास्थमा ख्याल राख्नुस् । झुट बोल्दै नबोल्नुस् नत्र नतिजा उल्टो हुनेछ ।

उपाय- प्रत्येक दिन गाइलाई रोटी खुवाउनुहोस, आमाकाे खुट्टा छोएर काममा निस्कनुस् ।

वृश्चिक राशि   

यो साता तपाईंकाे लागि मध्यम रहने छ । साताको शुरुवातबाट यो काम गर्छु भनेर योजना बनाउनुस् अन्त्यमा हुने छ । एउटै कामलाई ध्यान दिनुस् । सहिष्णुताको गुण सधैं छ कायम राख्नुस् । विगतको मिहिनेतको फल यस पटक मिल्नेछ। यात्रा हुनेछ यात्रा फाइदाजनक रहने छ ।। बुधबार पार्टी भोजमा सहभागि हुने छ खानामा ध्यान दिनुस ।  तपाईंले सही समयमा सहि निर्णय लिनुहोला, नयाँ जिम्मेवारी सजिलै पुरा हुनेछ । तपाईं आफ्नो ऊर्जा, दृढ संकल्प र आत्मविश्वास कायम राख्नु पर्नेछ । नयाँ सवारी साधन वा घर जग्गा किन्न सकिनेछ । साताको अन्त्यमा तपाईंलाई कामको भारी बोझ बढ्ने छ । कुनै नयाँ कामको लागि योजना बनाउनुहुनेछ, तर सुरु हुनु अघि नै त्यो अड्चनमा पर्नेछ तेस्को लागि तलको उपाय गर्नुस् ।

उपाय- मंगलबार हनुमानजीको दर्शन गर्नुस् । गरिबहरुलाई मिठो भोजन गराउनुहोस् ।

धनु राशि
यो साता राम्रो रहने छ समय अनुकूल रहने छ । युवाहरूले आफ्नो करियर र उच्च अध्ययनसँग सम्बन्धित कामहरू अगाडि बढाउन सक्नु हुनेछ । बाबु र छोराबीच सद्भाव रहनेछ। जीवनसाथी सहयोगी साबित हुनेछन् । यो साता सुख समृद्धिले भरिपूर्ण रहनेछ । आफ्नो फुर्सदको समय आफ्नो सीप र साहित्यमा समय दिनुस्। यो साता नयाँ भाषाहरू सिक्न चाहनुहुन्छ । काममा विशेष दक्षता र दक्षता प्राप्त हुनेछ।   कडा परिश्रम र लगनशीलताको कारण तपाईं कुनै पनि परिस्थितिबाट बाहिर निस्कन सक्नुहुने छ । साथिभाइलाई तनले सहयोग गर्नुस् धनले हैन । यात्रा गर्दा ध्यान दिनुहोला तपाईंको सामान हराउन सक्छ ।

उपाय- ॐ नम शिबाय मन्त्रको नियमित जप गर्नुस् । सोमबार शिवजीलाई जल चढाउनुस् । 

मकर राशि
साताको सुरुमा शारीरिक पीडाको अनुभव हुनेछ। तर, यो साता तपाईंलाई अरुको काम गरेर पुण्य मिल्ने छ । आफ्नोभन्दा साथिभाइको काममा तपाईं ब्यस्त हुनुहुने छ । घरधनी र भाडामा लिनेबीच मनमुटावको स्थिति रहनेछ। भावनात्मक चोट लाग्न सक्छ मन स्थिर बनाउनु होला । आर्थिक रुप बिहीबार पछि राम्रो हुनेछ । भौतिक तथा अध्यात्मिक उपलब्धि मिल्नेछ । तपाईंको ध्यान लक्ष्यमा राख्नु भयो भने सफलता मिल्ने छ ।  मानिसहरूले तपाईंको पछाडि कुरा काट्न सक्छन्, ध्यान दिनुहोला । हराएको सामान फिर्ता हुनेछ। ससुराली घरमा कसैको विवाहको तयारीमा व्यस्त हुनुहुने छ । विद्यार्थीहरूले पढाइमा ध्यान दिनेछन्। साताको अन्त्यमा धन सम्पतिको लागि शुभ रहनेछ। प्रियजनसँग समय बिताउनुस् मानसिक तनाब कम रहनेछ ।

उपाय – हनुमान चालिसा नियमित पाठ गर्नुस् ।

कुम्भ राशि
यो साता सोच बिचार गरेर अगाडि बढ्नुस् । आइतबार र सोमबार धन प्राप्ति हुनेछ  तर जति छिटो आउँछ, त्यति नै छिटो खर्च हुन्छ । लगानीको मामिलामा सावधान रहनुहोस्, कसैलाई पैसा नदिनुहोस् । खेलकुदमा अगाडि बढ्नुहुनेछ । चिठ्ठा, जुवा र सट्टेबाजीबाट टाढा रहनुहोस्। मनमुटाव, वादविवाद र झगडाको सम्भावना छ ।  कतैबाट केही अशुभ वा अप्रिय समाचार प्राप्त हुनसक्छ।  बुधबारदेखि दैनिक पारिवारिक काममा व्यस्त रहनुहुनेछ । उपलब्धि हासिल गर्नको लागि आफ्नो स्वभावलाई अलिकति लचिलो बनाउनुपर्छ। सबैसँग दयालु र सहयोगी दृष्टिकोण अपनाउनुहोस् । पुरानो पेन्डिङ काम नसकी नयाँ काममा हात नहाल्नुस् ।

उपाय- हनुमान चालिसाको नित्य पाठ गर्नुस् । सेतो रङको लुगाको प्रयोग बढि गर्नुस् ।

मिन राशि
समय र गति मिश्रित रहनेछ। साताको पहिलो दुई दिनमा तपाईंले आफ्नो परिवार र व्यवसायलाई ट्रयाकमा फर्काउन हरसम्भव प्रयास गर्नुहुनेछ। धन, वित्त र लगानीको अवसर मिल्नेछ।  सम्मान प्राप्त हुनेछ। मंगलबार र बुधबार व्यापारमा केही ठोस र महत्वपूर्ण निर्णय लिनुहुनेछ, जसका कारण समाजमा निडरको छवि बन्नेछ । कतै अड्किएको धन प्राप्त हुनेछ। यो साता दुश्मनहरुसँग सजग रहनुहोला । तपाईंको छबि बिगार्न खोज्छन्, ध्यानदिनु होला । गलत काम केही नगर्नुहोला । यो साता सत्कर्म गर्नुहोला । तपाईंको हरेक कदमको दुश्मनले फाइदा उठाउन खोज्ने छन् सजग रहनुहोला ।

उपाय- शुक्रबार आँखा नदेख्नेहरुलाई खिर भोजन गराउनुहोला ।

Logo