राप्रपा सचिवालयमा नौ सदस्य मनोनीत

राप्रपा सचिवालयमा नौ सदस्य मनोनीत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विधानअनुसार अध्यक्षहरुले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनयन गरेका छन् । आइतबार राप्रपाका सचिवालय प्रमुख भाष्कर भद्रा र केन्द्रीय सचिवालय प्रमुख धुव्रबहादुर प्रधानद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको हो ।

मनोनीत हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौं), राजाराम बर्तौला (मकवानपुर), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) रहेको राप्रपाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै आइतबार बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकामा अध्यक्षप्रति आभार समेत व्यक्त गरेका थिए ।

पूरा विज्ञप्ति:

Logo