एमाले कोसी अधिवेशनः चार जिल्लाबाट सर्वसम्मत सदस्य चयन

एमाले कोसी अधिवेशनः चार जिल्लाबाट सर्वसम्मत सदस्य चयन

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) कोसी प्रदेश कमिटीको अधिवेशनबाट चार जिल्लाबाट सर्वसम्मत सदस्य चयन भएका छन्। इलाम, ताप्लेजुङ, खोटाङ र सोलुखुम्बुबाट सर्वसम्मत सदस्य चयन भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार इलामबाट खुलातर्फ १० र महिलातर्फ पाँचजना निर्विरोध निर्वाचित भएका हुन्। यसैगरी ताप्लेजुङबाट आठ, सोलुखुम्बुबाट आठ र खोटाङबाट ९ जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।

अन्य जिल्लामा समेत सर्वसम्मतिको प्रयास भइरहेको मुख्य निर्वाचन अधिकृत चुणामणि आचार्यले जानकारी दिए। उनका अनुसार आइतबार बिहान ९ बजेसम्म उमेदवारी फिर्ता लिने समय छ।

Skip This
Skip This
Logo