विवेक ओझाको ‘ऐंठन’ले पायो मदन पुरस्कार

विवेक ओझाको ‘ऐंठन’ले पायो मदन पुरस्कार

केन्द्रबिन्दु
0
Shares

विवेक ओझाको उपन्यास ‘ऐंठन’ले २०७९ सालको मदन पुरस्कार पाएको छ।

आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । ओझाको उपन्यास ‘ऐंठन’ सशस्त्र द्वन्द्व र त्यसको नेपाली समाजमा परेको प्रभावलाई केन्द्रमा राखेर लेखिएको छ। यसअघि ओझाले ऐलानी उपन्यास बजारमा ल्याएका थिए ।

त्यस्तै, जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ । 

मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार-चार लाख रुपैयाँ छ । दुबै पुरस्कार कोजागत पूर्णिमाको दिनमा प्रदान गरिन्छ।

Logo