अनमोल केसीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

अनमोल केसीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

केन्द्रबिन्दु
0
Shares

अभिनेता अनमोल केसीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।

आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा पक्राउ परेका अभिनेता केसीलाई जिल्ला अदालत काठमाडौंले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । त्यसअघि प्रहरीले उनलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको थियो । 

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेको थियो । सहमतिका लागि बोलाउँदासमेत नआएर प्रहरीले सकेको गरोस् भन्ने प्रतिक्रिया दिएपछि केसीलाई गत शुक्रबार नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको साँगाबाट पक्राउ गरेको हो । 

उनीसहित चलचित्रका अन्य कलाकारले गरेर निर्माणपक्षको कूल एक करोड बढी पैसा लगेको पाइएको छ । निर्माणकर्ताले यसरी रकम लिएर सम्झौता पनि नगरेको र छायाङ्कनमा पनि नआएको भन्दै जाहेरी दिएकाे बताइएको छ । अन्यका हकमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

Skip This
Skip This
Logo