२०८० असोज १३ देखि असोज २० सम्म।
ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।
हामी ग्रहस्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।
तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्नेछ। तर, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। हामीले दिएको उपाय अपनाउनु भो भने यो साता तपाईंको लागि एकदम राम्रो बित्नेछ।
नयाँ सम्पत्ति किन्नको लागि बिहीबार र शुक्रबार सुभसाइत छ। आजबाट शोर्हश्राद शुरु भएकाे छ। यो १६ दिन आफ्नो पितृ तथा पुर्बजहरुलाई नियमित जल चढाउनुस् र तिथि अनुसार श्राद गर्नुस्। यो बर्षभरको लागि विशेष उपाय हो ।
प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-
कन्या राशि
साताको सुरुवात राम्रो रहने छैन। आइतबार र सोमबार नाजुक अवस्था आउनेछ मनमा चिन्ता नलिई आफ्नो काममा ध्यान दिनुस्। आफ्नो स्वास्थ्य हेरचाह महत्त्वपूर्ण हुनेछ।
घरमा कामदार नहुँदा गृहिणीहरुलाई समस्या पर्न सक्छ। बुधबारपछि समय तपाईंको पक्षमा जानेछ। तपाईं आफ्नो इच्छा पूरा गर्न जोखिम लिन सक्नुहुन्छ तर मेहनत गर्न नछाेड्नुस्। काममा सफलता मिल्नेछ।
सुरुमा अफिसका साथिभाइबाट सहयोग नमिल्न सक्छ तर साताको मध्यममा आएर हाकिमहरुबाट सहयोग मिल्नेछ। वैदेशिक व्यापार, आयात-निर्यात आदि कार्यमा व्यस्त रहनु हुनेछ।सामाजिक र मैत्रीपूर्ण व्यवहार अपनाउनुहोस्। काममा सफलता मिल्नेछ। यात्रा गर्न सकिन्छ।
उपाय- गरिबहरुलाई भोजन दान गर्नुस्। कन्याहरुलाई उपहार दिनुस्।































प्रतिक्रिया