२०८० असोज १३ देखि असोज २० सम्म।
ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।
हामी ग्रहस्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।
तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्नेछ। तर, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। हामीले दिएको उपाय अपनाउनु भो भने यो साता तपाईंको लागि एकदम राम्रो बित्ने छ।
नयाँ सम्पत्ति किन्नको लागि बिहीबार र शुक्रबार सूभसाइत छ।आजबाट शोर्हश्राद शुरु भएकाे छ। यो १६ दिन आफ्नो पितृ तथा पूर्वजहरुलाई नियमित जल चढाउनुस् र तिथि अनुसार श्राद गर्नुस्। यो बर्षभरको लागि विशेष उपाय हो।
प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-
कुम्भ राशि
यो साता सोच बिचार गरेर अगाडि बढ्नुस्। आइतबार र सोमबार धन प्राप्ति हुनेछ तर जति छिटो आउँछ,त्यति नै छिटो खर्च हुन्छ।लगानीको मामिलामा सावधान रहनुहोस्, कसैलाई पैसा नदिनुहोस्। खेलकुदमा अगाडि बढ्नुहुनेछ। चिठ्ठा, जुवा र सट्टेबाजीबाट टाढा रहनुहोस्।
मनमुटाव, वादविवाद र झगडाको सम्भावना छ। कतैबाट केही अशुभ वा अप्रिय समाचार प्राप्त हुनसक्छ। बुधबारदेखि दैनिक पारिवारिक काममा व्यस्त रहनुहुनेछ।
उपलब्धि हासिल गर्नको लागि आफ्नो स्वभावलाई अलिकति लचिलो बनाउनुपर्छ। सबैसँग दयालु र सहयोगी दृष्टिकोण अपनाउनुहोस्। पुरानो पेन्डिङ काम नसकी नयाँ काममा हात नहाल्नुस्।
उपाय- हनुमान चालिसाको नित्य पाठ गर्नुस्। सेतो रङको लुगाको प्रयोग बढि गर्नुस्।































प्रतिक्रिया