पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते

केन्द्रबिन्दु
0
Shares

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएको हो।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ। बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo