सुन तस्करीमा सीआईबीको छानबिन एक हदसम्म सफल भएकाे छः गृहमन्त्री श्रेष्ठ

सुन तस्करीमा सीआईबीको छानबिन एक हदसम्म सफल भएकाे छः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भइरहेको सुन तस्करी प्रकरणमा सीआईबीले गरेको छानबिन एकहदसम्म सफल भएको दाबी गरेका छन्। 

हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तस्करीका घटनालाई अन्त्य गर्नको लागि सहमतिअनुसार आयोगको समेत घोषणा भइसकेको बताएका हुन्।

उनले भने,‘देशमा भइरहेको सुन तस्करीको घटनामा सीआईबीले छानबिन गरेर एउटा हदसम्म सफल बनाएर अदालतमा पुर्‍याइसकेको छ। बाँकी अनुसन्धानलाई पनि खुला राखेर छानबिन भइरहेको छ। यस्ता खालका तस्करीका घटना पटकपटक किन दोहोरिराख्या छ भन्नको निम्ति सहमतिअनुसार नीति निर्माण, संचरनाबारे, यसअघिका भएका छानबिनमाथि पनि अध्ययन गरेर थप अनुसन्धानको आवश्यकता भए कारबाहीको सिफारिस गर्न आयोग पनि घोषणा गरिसकिएको छ।’

सरकारले अघि बढाएको तस्करीमा छानबिन प्रक्रियालाई आम जनताको समर्थन पनि पाएको उनको भनाइ छ। गृहमन्त्री श्रेष्ठले भने,‘अहिले भ्रष्टाचारी, तस्कर र अपराधीविरुद्ध अभियान चलाउँदा तीनि या तीनका संरक्षकहरु सरकार, सम्बन्धित मन्त्रालय र मन्त्रीविरुद्ध आक्रमण ढंगले प्रस्तुत गरिरहेका छन्। यो नबुझेको कुरा होइन हामीले। संगठित ढंगले सुशासनको अभियानलाई तुहाउन केही शक्तिहरु लागि परेका छन्।’

Skip This
Skip This
Logo