दसैं-तिहारलाई लक्षित गर्दै सामसङले ल्यायो आकर्षक अफर

दसैं-तिहारलाई लक्षित गर्दै सामसङले ल्यायो आकर्षक अफर

केन्द्रबिन्दु
0
Shares

यसपालीकाे दसैं–तिहारको मौकामा सामसङ नेपालले “रमाइलो दसैं तिहार, मायाले भरौ घर परिवार” शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ । ४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू खरिद गर्न सक्नेछन् ।  

यो अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरेको छ, जसमा उत्तिकै आकर्षक क्यासब्याक अफारका साथ सामसङका नयाँ लन्चहरू पनि उपलब्ध छन् । 

सामसङ १७ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको छ र ग्राहकहरूले क्रिस्टल युएचडी टिभीको अरबौ रङ्गहरू, क्युएलईडी टिभीको नवीनता, फ्रेम टिभीको आकर्षण र सामसङको सबभन्दा नयाँ सि–सिरिज लाइन–अपहरु उत्तिकै आकर्षक अफारका साथ आफ्नो घरमा ल्याउन सक्छन् । 

ग्राहकहरुले कुनैपनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा ३ वर्षको वारेन्टी पनि पाउने छन्। 

होम थियेटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग टि४००, बि४५०, ए४५०, ति४२० र एमएक्स–ति५० लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्ने‍छन् । ग्राहकहरूले दशैं–तिहारको मौकामा सामसङको नवीनतम टिभी नियो क्युएलईडी टिभी खरिद गर्दा रु.४१,६९० को बि४५० साउण्डबार सित्तैमा पाउने छन्।

सन् २०२० को ग्लोबल मार्केट सेयर (चीन बाहेक), ओम्डिया स्टडी जुन २०२१ अनुसार विश्वमा ग्लोबल नम्बर १ रेफ्रिजरेटर ब्रान्डको स्थान प्राप्त गरेको सामसङको साथ तपाईं विश्वस्त हुन सक्नेछन् कि सामसङ रेफ्रिजरेटरहरूले तपाईंको घरहरूमा स्टाइल र सुविधा ल्याउनेछन् । मौसमले आवश्यकता होस् या कुनै पनि खानको आवश्यकतामा डबल डोर वा सिंगल डोर ५–इन–१ कन्भर्टेबल फ्रिजले तपाईंलाई जहिल्यै तयार राख्छ, र साइड–बाई–साइड फ्रिजले तपाईको घरलाई अझ सुविधायुक्त बनाउँछ र यी सबै फ्रिज ग्राहकहरूले आकर्षक क्यासव्यक अफरका साथ पाउन सक्नेछन् ।

Logo