इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको जित

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको जित

केन्द्रबिन्दु
0
Shares

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फुलहममाथि जित निकालेको छ।आइतबार चेल्सीले घरेलु टोली फुलहममाथि २- को जित निकालेको हो। चेल्सीको जितमा अरमान्डो ब्रोजा माखाइलो मुड्रिकले समान एक एक गोल गरे। 

खेलमा अग्रता चेल्सीले १८ औँ मिनेटमा मुड्रिकको गोलमा बनाएको थियो। लगत्तै ब्रोजाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए। दुवै टोलीबाट थप गोल हुन नसकेपछि चेल्सीले सहज जित निकालेको हो।

मुड्रिकले चेल्सीका लागि पहिलो गोल गरे। गत जनवरीमा शख्तर डोनेस्कबाट ८९ मिलियन पाउण्डमा चेल्सी आएका उनले प्रर्दशन मिश्रित रहेको थियो। तर पहिलो हाफमा उनले चेल्सीका लागि उत्कृष्ट प्रर्दशन गरेका थिए। 

सन् २०२२ को अक्टोबरपछि ब्रोजाले पहिलो गोल गरेका हुन्। घुडाँको गम्भिर चोट बोकेका उनी मैदान फर्किएपछि पहिलो गोल गरेका हुन्।  जित सहित चेल्सी प्रिमियर लिगको ११ औँ स्थानमा उक्लिएको छ।

फुलहमले चेल्सीविरुद्ध खासै राम्रो अवसर निकाल्न सकेन। दोस्रो हाफमा सासा लुकिसले डिबक्सको सिक्स यार्डबाट प्रहार गरेको बल रोबर्ट साञ्चेजले गोलमा परिणत गरेका थिए। 

Skip This
Skip This
Logo