चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ।
नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन्। उनले भारतका जितेश शर्मालाई आउट गरे। चार बल खेलेका शर्मा ५ रन बनाएर आएट भए।
यसअघि सोमपाल कामीले दोस्रो सफलता दिलाएका थिए। उनले भारतका तीलक वर्मालाई आउट गरे। १० बल खेलेका वर्मा २ रनमै आउट भए।
दीपेन्द्र सिंह ऐरीले पहिलो सफलता दिलाएका थिए। उनले भारतका कप्तान रितुराज गायकवाडको विकेट लिएका हुन्। उनी २३ बलमा २५ रन बनाएर आउट भए।





























प्रतिक्रिया