चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले चौथो विकेट लिएको छ।
चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले चौथो सफलता दिलाएका हुन्। १३औं ओभर बलिङका लागि आएका सन्दीपले पाँचौ बलमा भारतबाट शतक बनाएका यशस्वी जयसवाललाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए। जयसवाल १०० रन बनाएर आउट भए।
जारी खेलको १७ ओभर समाप्त हुँदा भारतले चार विकेट गुमाएर १५६ रन बनाएको छ। भारतबाट हाल क्रिजमा रहेका सिवम दुवे १७ र रिंकु सिंह एक रनमा खेलिरहेका छन्।





























प्रतिक्रिया