अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ सबै गम्भीर हुनुपर्छः अर्थसचिव कृष्णहरी पुष्कर

अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ सबै गम्भीर हुनुपर्छः अर्थसचिव कृष्णहरी पुष्कर

केन्द्रबिन्दु
0
Shares

अर्थ सचिव डाक्टर कृष्णहरी पुष्करले हालको राजस्व नीति र परम्परागत राजस्व संकलन गर्ने अवस्थामा परिवर्तन नगरे अर्थतन्त्रमा थप अप्ठ्यारो अवस्था आउने चेतावनी दिएका छन्। 

मंगलबार अर्थ समितिको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षामा भाग लिएका सचिव पुष्करले समितिमा राजस्व संकलनको पुरानो तरिका परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन्। 

उनले भने,‘अहिले भइरहेको जुन राजस्वनीति छ र जसरी अहिले हामी परम्परागत रुपमा राजस्व उठाउँछौँ त्यो हिसावले जाँदा हामी अब अप्ठ्यारोमा पर्छौँ। त्यसकारण बेलैमा यस तर्फ सोच्नुपर्छ।’
 
उनले सरकारको राजस्वमा पेट्रोलियम पदार्थ,दूर सञ्चार शुल्क र सेवासँग सम्बन्धित करहरुको योगदान धेरै रहेको र त्यो विस्तारै घट्दो क्रममा रहेको उल्लेख गर्दै त्यसको विकल्प खोज्नुपर्ने बताए। 

उनले सरकारले विभिन्न वस्तु तथा सेवामा गरेको कर छुटको प्रभाव आमजनतामा परेको छ कि छैन राष्ट्रिय स्तरबाटै त्यसको समीक्षा गर्नुपर्ने उल्लेख गरे। 

साथै,अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भन्दै राजस्व संकलन र अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्नेमा उनको जोड छ। 

‘समस्याको पहिचान र स्वीकार नगरीकनत्यसको सुधारको प्रस्तानविन्दु सुरु नहुने भएकाले अर्थतन्त्रको अवस्थालुकाउने पक्षमा हामी छैनौँ। अर्थतन्त्र अप्ठ्यारो अवस्थामा चाँही छ तर, हामी संकटकै अवस्थामा पुगेको भने होइन। लगानी योग्य रकम छ,व्याज पनि केही घटेर आएको छ। अब हामीले धेरै वर्षदेखि विरासतको रुपमा रहेको अर्थतन्त्रको जुन समस्याहरु छन्त्यसबाट फड्को मार्न जरुरी छ,’पुष्करले भने।  उनले सबै मन्त्रालयले आर्थिक समस्या समाधान गर्न गम्भीर भएर लाग्नुपर्ने बताए। 

Skip This
Skip This
Logo