संखुवासभा र झापामा गल्फ लुब्रिकेन्टको शोरुम उद्घाटन

संखुवासभा र झापामा गल्फ लुब्रिकेन्टको शोरुम उद्घाटन

केन्द्रबिन्दु
0
Shares

गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले संखुवासभा र  झापामा उच्चस्तरीय शोरुमहरुको उद्घाटन गरेको छ । 

नेपाल ल्युब आयल लिमिटेडले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारक बिक्रेता साहारा कृषि अनुसन्धान तथा विकास कम्पनी प्रालिको नयाँ शोरुम उद्घाटन गरेको हो । लक्की सप्लायर्स शोरुमको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन् ।  

ग्राहकलाइ उच्च सेवा प्रदान गर्न र नेपालकै सर्वाधिक बिक्रि हुने गल्फ लुब्रिकेन्ट सजिलै  उपलब्ध गराउने आफ्नो लक्ष्यको अनुरुप यो नया शोरुमहरु संचालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानहरुमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट संचालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।

सो अवसरमा कार्यकारी निर्देशक चौधरीले भने, “गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि  हो ।  ग्राहकलाइ उच्च सेवा प्रधान गर्ने हाम्रो मूल उद्देश्य रहेको छ, यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको  सजिलो उपलब्धताले  ठुलो भूमिका निर्वाह गर्दछ ।  येही उद्देश्य अनुरुप हामीले दुई नया उच्चस्तरीय शोरुमहरु संचालनमा ल्याएका हौं र भविष्यमा सहजतालाई ध्यानमा राखी अरु शोरुमहरु पनि संचालनमा ल्याउने छौं ।’ 

Skip This
Skip This
Logo