प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अपराधीलाई छाडेर सुशासनको कुरा गरेको भन्दै आलोचना गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले संविधान दिवसका अवसरमा सरकारले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएकोमा प्रश्न उठाएका हुन् ।
‘सुशासन छँदैछैन । एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ । नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ।’ उनले भने ।
साथै अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई समेत उन्मुक्ति दिइएको भन्दै आलोचना गरे।





























प्रतिक्रिया