अध्यक्ष ओलीको आरोप- ‘माओवादी नेतृत्वको सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार’

अध्यक्ष ओलीको आरोप- ‘माओवादी नेतृत्वको सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान दिवसको वहानामा अपराधीलाई छोडेर हिंसालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् । 

मंगलबार बसेको प्रतिनिभिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसिड आक्रमणको सिकार भएको पीडितलाई उपचार दिन नसक्ने सरकारले हिंसाका घटनालाई प्रोत्साहन गर्न खोजेको आरोप लगाएका हुन् । संविधान दिवस भन्ने पारेर फागुन १ गतेको उत्सवमा एसिड प्रहार गर्ने अपराधीलाई छोडिएको उनको दाबी छ । 

एसिड आक्रमणको सिकार भएको पीडितलाई उपचार दिन नसक्ने अनि हिंसा र त्यस्ता घट्ना प्रोत्साहन गर्न अपराधीलाई चार वर्ष पनि भएको छैन् । कानुन कडा ल्याईया् भनेर खुःसी मनाईयो तर सरकाले अस्ति छोड्दियो ।’ उनले भने ‘फागुन १ गतेको उत्सवमा छोड्यो कि, न संविधान दिवस भन्ने पारेर छोड्यो कुन दिन त्यत्ति याद भएन ।’

अध्यक्ष ओलीले अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार भएको दाबी गरे । उनले विकासका कामहरुलाई ठप्प पार्ने, चलिरहेका आयोजनाहरू रोक्ने र भुक्तानी नदिने जस्ता काम सरकारबाट भएको टिप्पणी गरे । 

उनले भने, ‘उनीहरुले बैंकको ऋण तिर्न सकेका छैनन् । सरकारले भुक्तानी दिदैन्।  त्यसैले अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार कस्ता देखिएका छन् हामी सबैलाई थाहा छ वास्तवमै यी सरकारहरु चरम अनुत्तरदायी गैर जिम्मेवार देखिएका छन् । स्वेच्छाचारी देखिएका छन् । विकास विरोधी देखिएका छन् । विकासका कामहरुलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरू रोकिएका छन् । भुक्तानी दिएको छैन् । उनीहरुले बैंकको ऋण तिर्न सकेका छैनन् सरकारले भुक्तानी नदिएर ।’ 

Skip This
Skip This
Logo