भारतीय राज्य सिक्किमकाे टिस्टा नदीमा आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । रक्षा मन्त्रालयका अनुसार मंगलबार बिहान १ः३० बजे लोनाक तालमा भएकाे अविरल वर्षापछि लाचेन उपत्यकाको टिष्टा नदीमा अचानक बाढी आएको हो ।
खोला नजिकैको क्षेत्रमा सेनाको क्याम्प रहेको थियो, जुन बाढीले बगाएको थियो । भारतीय सञ्चारमाध्यममा गुवाहाटीका डिफेन्स हाईले भने, "अचानक पानी बढेपछि चुङ्थाङ बाँधबाट पानी छोड्नुपरेको थियो । त्यसपछि तल्लो क्षेत्र पनि डुब्न थालेको थियो। यहाँ सिङ्ताम नजिकै बर्दाङमा पार्किङ गरेका सेनाको विशेष गाडी डुबेको थियो।"
ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ। हाल खोला आसपासका क्षेत्रहरु डुबानमा परेका छन् । खोलाको पानी धेरैको घरमा पनि पुगेको छ । मानिसहरु घर छाडेर सुरक्षित ठाउँमा गएका छन् ।





























प्रतिक्रिया