मधेश प्रदेशको सुरक्षा चुनौतीबारे गृहमन्त्री श्रेष्ठ र अधिकारीबीच अन्तर्क्रिया जारी

मधेश प्रदेशको सुरक्षा चुनौतीबारे गृहमन्त्री श्रेष्ठ र अधिकारीबीच अन्तर्क्रिया जारी

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा  सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग अन्तर्क्रिया गरेका छन्। 

मन्त्री श्रेष्ठले प्रदेशका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय र सम्बन्धीत अधिकारीमार्फत सुरक्षा अवस्था, व्यवस्था, समस्या र चुनौतिहरुबारे  रिपोर्टिङ लिएको उनको सचिवालयले जनाएको छ । 

महोत्तरीको बर्दिबासमा आयोजित ‘समसामयिक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय अन्तर्क्रिया’ कार्यक्रममा ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ– आफ्नो प्रदेशमा देखिएका समस्या बारे जानकारी गराएका छन् ।  

कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा बाधा खडा गर्न खोजिएको, पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक संजालमा आउने कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्याबारे मन्त्रीलाई ब्रिफिङ गरेका छन्। 

श्रेष्ठले सबै पक्षबाट ब्रिफिङ लिएर आवश्यक निर्देशन तथा सुझाव दिने बताइएको छ । 

बैठकमा गृह मन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुख लगायतका अधिकारीहरु सहभागी छन् । 

Skip This
Skip This
Logo