एमाले कोशी प्रदेशका निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले लिए शपथ

एमाले कोशी प्रदेशका निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

बुधबार विराटनगरस्थित एक होटेलमा आयोजित विशेष समारोहमा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठबाट अध्यक्ष पदमा निर्वाचित घनश्याम खतिवडासहित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

अध्यक्ष पदमा खतिवडा प्रतिस्पर्धी एमाले नेता विनोद ढकाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनले पाँच सय १२ मत प्राप्त गरे । ढकालले चार सय ३० मत मात्रै पाए । 

उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा  जलवर्र्षा राजवंशी र देवान राई निर्वाचित भएका छन् । 

Logo