नेपालीहरूको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि दराजसंग ‘दसैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् एकहजार ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिने र छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्ने बताइएकाे छ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी (इएमआइ) सुविधा पनि प्राप्त गर्न सकिने छ । यो योजना २०८० आश्विन १७ देखि २०८० आश्विन ३० गतेसम्म १४ दिनका लागि लागू हुनेछ ।





























प्रतिक्रिया