राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १०–२० वर्षमा मुलुक रित्तिने अवस्था आएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा अध्यक्ष केसीले नयाँ पिँढी के कारणले मुलुकमा बस्न चाहेका छैनन् भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने बताउँदै भने- ‘यही रुपले जनता भाग्ने हो भने मुलुक १०–२० वर्षपछि मुलुक रित्तै हुन्छ ।’
‘सबै बेरोजगार भएर, काम नभएका मान्छेमात्र विदेश गएका होइनन्, नेपालमा यस्तो रोग लाग्यो कि मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनीमानीका छोरा सबैको एउटै उद्देश्य के छ भन्दा नेपालमा केही हुन्न ।’ उनले भने ‘त्यसकारण जाने गन्तव्य अमेरिका, युरोप, अष्ट्रेलिया, त्यो गर्न नसक्ने कमसे कम जापान । सुनियोजित किसिमले मुलुक रित्याउने जुन स्थिति भएको छ । यो एजेण्डामा हामीले संसदमा छलफल गर्नुपर्छ ।’
अध्यक्ष केसीले नेपालमा राम्रो शिक्षा र काम नपाएर नभई धेरैलाई विदेश जानुपर्ने रोग लागेको टिप्पणी गरे । गोहीको आँसु बगाएर मात्र केही नहुने बताएका उनले यस्तै अवस्था हो भने मुलुक रित्तो हुँदै जाने अवस्था आउने बताए ।































प्रतिक्रिया